चैत २४ धनकुटा । फोहर फाल्ने खाडीमा डुबेर धनकुटामा २ बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका वडा नं १० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको खाडीमा डुबेर २ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं १० बस्ने ११ वर्षीय मनिश खतिवडा र धनकुटा नगरपालिका वडा नं ९ बस्ने १५ वर्षीय दिपेश ओझा रहेको प्रहरीले जनाएको छ। ठना बारे थप अनुसन्धान भइरहेको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।