पश्चिम नेपालको आकाशमा चम्किलो बस्तु देखियो

पढ्न समय: 1 मिनेट

स्याङ्जा : स्याङ्जा, पर्वत, पाल्पा लगाएतको भागबाट आकाशमा ज्वाला सहितको वस्तु देखिएको छ । बिहिबार बेलुका करिब ८:१५ को समयमा आकाशमा आगोको ज्वालासहित बस्तु देखिएको हो । उक्त ज्याला जस्तो देखिने वस्तु उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ गएको स्याङ्जा स्थानीयले बताएका छन् ।
यो खबर पश्चिम नेपालको लोकप्रिय अनलाइन कालिगण्डकी खबर डटकम ले प्रकाशित गरेको छ ।‌
प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले आकाशमा ज्वाला देखिएको केही समयमा नै ठूलो आवाज आएको बताए ।
कोइरालाले भने ‘पहिला माथिबाट वालिङ्तर्फ ज्वाला जस्तो वस्तु गयो, पछि चट्याङ्ग परेजस्तो ठूलो आवाज आयो ।
त्यस्तै चापाकोट नगरपालिकाका सुचना अधिकारी विन्दु कोइरालाले पनि आकाशमा ठूलो आवाज सहित ज्वाला जस्तो वस्तु गएको स्थानीयले बताएको र अहिले मानिसहरु घर बाहिर आएर बसेको बताए ।


स्याङ्जा, पर्वत, पाल्पा, कास्की, बागलुङलगायत विभिन्न जिल्लाबाट स्थानियले आकाशमा अचम्मको वस्तु देखिएको कुरा सामाजिक सञ्जालमा अहिले भाइरल भईरहेका छन् ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सो बस्तु उल्कापिण्ड भएको हुन सक्ने बताएका छन् । सोसाइटीका तर्फबाट अध्यक्ष सुरेश भट्टराई द्वारा जारि गरिएको बिज्ञप्तीको सो उल्का पिण्ड खस्दाठुलो आवाज आउने र खसेको ठाउमा क्षति भएको हुन सक्ने बताइएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *