रबिन्द्र बराल
वैशाख २२अाईतबार
नेपाल सरकारले सवै सरकारी कार्यालय सरकारी जग्गामा स्थापनागर्ने कार्य अघि वढाए पनी मोरङ रंगेलीमा रहेको नेपाल वैंक लिमिटेडले भने आफनो जग्गामा भवन नवनाएर अन्यत्र भाडामा सार्ने तयारी गरिरहेको छ । रंगेली नगरपालिका र नेपाल सरकारले पुुर्वाधार थप गरिरहेको अवस्थामा भने नेपाल वैंक ले अाफ्नाेे जग्गामा भवन नबनाएर भाडामा जाने तयारी गरिरहेकाे छ । रंगेली ७ मा रहेको नेपाल वैंक १० बर्षे द्वन्द काल, मधेश आन्दोलन को क्रममा समेत बिस्थापित नभएता पनि अहिले अाएर अन्यत्र जाने भएकाे छ । बैक ले साेहि भवन लाई मर्मत संभार नगरेर अन्यत्र जान लागेकाे स्थानीय बताउँछन् । हाल संन्चालनमा रहेको भवन मा मर्मतका नगरेर भाडामा मासिक ३९ हजार रुपैया तिरेर सर्न भएको छ । भने बैंक ले साेही भवनमा डेकुरेसन का लागि २६ लाख रुपैयाँ रकम समेत छुट्टयाइए । चट्याङ बाट बैंक मा रहेका कम्पुटर जस्ता इलाेक्ट्राेनिक समान हरु लाई सुरक्षीत राख्नका लागि लाइटिङ एरेस्ट राखिएको हुन्छ । तर अाफ्नाे पुरानो भवन काे लाइटिङ एरेस्ट खाेलेर नयाँ भवनमा लगेको समेत पाईएकाे छ । दुई महिना अगाडि कार्यलय प्रमुख राम भूषण सिंह हुदा उक्त पुरानो भवन बाट लाइटिङ एरेस्ट भाडा बाल घरमा जडान गरिएको उनलेे बताए । उनले भने पुरानो भवनमा बेकामे हुने भएको ले भाडा मा जाने घरमा जडान गरिएको सुईकारेका छन । उक्त लाइटिङ एरेस्ट अहिले काे वजार मूल्य ८० हजार रुपैयाँ बारबर पर्ने गरेको छ । तर २६ लाख रुपैयाँ मा डेकुरेसन का लागि बजेट छुट्याइएको भएता पनि किन पुरानै समान किन जडान गरियाे त ? नेपाल बैंक ले भाडा काे घरमा लाखौं रुपैयाँ खर्च गर्ने सकेता पनि अाफ्नै जग्गामा किन भवन बनाउन सक्दैन ? भाडा लिएको घरमा २ बर्ष वा ४ बर्ष बसेर पुनः अन्यत्र सरेमा २६ लाख रुपैयाँ बालुवामा पानी हाले सरि हुने देखिन्छ । बैंक अन्यत्र सार्दा व्ययभार थपिने रंगेली कार्यपालिका सदस्य महेश साहले वताए ।
२०२४ सालदेखी १६ कठ्ठा रहेको वैंकले लिलामी गरेको भवनमा वैंक संचालन हुदै अाईरहेकाे छ ।
वैंकको कालिमन्दीर नजिक तिन कठ्ठा जग्गा रहेता पनि साे जग्गा प्रयोग बिहिन वनेकाे छ भने लामो समयदेखी सो जग्गा खालि अवस्थमा रहेको छ । सो जग्गमा वैंक स्थापनागर्दा वजारको समेत विकास हुुने र सटर हरु समेत भाडा लगाउदा त्यसवाट राम्रो बैंक लाई आम्दानी हुुने साहको भनाई छ । आफनो जग्गा छाडेर अन्यत्र भाडामा वैंक संचालनगर्दा सेवा प्रभामा समेत असरपर्ने कार्यपालिका सदस्य शंखर साह ले बताए । पुुराना सरकारी संरचना मर्मत गर्नुुको साटो निजि भवनमा सार्दै जाने हो भने यसवाट वैंकलाई समेत व्ययभार थपिने भएकाले आफनै जग्गा सदुुपयोग गर्नुुपर्नेमा स्थानीय बताउँछन् । पुरानाे ठाउँबाट किन नयाँ ठाउँमा जादै हुनुहुन्छ भन्ने बिषयमा बुझन खाेज्दा कार्यलय प्रमुख सुमित कुमार साह ले केही बाेल्न चाहेनन् ।

