महाभारा स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका १ महाभारा स्थित स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु गरिएको छ । आईतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीले ल्याब सेवाको उद्घाटन गरेका हुन् ।
गौरीगञ्जका स्वास्थ्य सेवा प्रमुख बिकास पौडेलका अनुसार सो स्वास्थ्य चौकी बाट अब सेवाग्राहीले रगत, खकार, दीसा, पिसाब लगायतका ल्याब परिक्षण सेवा पाउने छन् ।
केहि दिन अघि गाउँपालिकाले ल्याब सञ्चालनका लागि खुल्ला प्रतिस्पर्धा बाट ल्याब टेक्निसियनको माग बिज्ञापन गरि स्थानिय सुनिता महतो लाई नियुक्त गरेका छन् ।
आज उद्घाटनका दिन एक दर्जन बढी लाई निशुल्क ल्याब सेवा प्रदान गरिएको थियो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *