१२ जेठ, वीरगञ्ज । बीरगञ्जस्थित नाराययणी अञ्चल अस्पतालबाट २ महिनाका शिशू सहित १८ जना कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएका छन् । आइतबार बेलुका डिस्चार्ज हुने १८ जना एकै परिवारका सदस्य हुन् । नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत उनीहरु बीरगञ्ज महानगपालिका–३ का स्थानीय बासिन्दा रहेको उनले बताएका छन् ।
अस्पतालका डा. उदयनारायण सिंहका अनुसार उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनका अनुसार वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा २ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् ।
प्रतिक्रिया लेख्नुहोस्

