
१२ जेठ, गौरीगञ्ज । गएराति गौरीगञ्ज बजारमा जोडि हाती देखा परेपछी स्थानियहरु त्रसित बनेका छन् । मध्य रातमा जोडि हाती आफ्नो टोलमा देखा परेको कुरा स्थानिय प्रेमा साहले बताएकी छन् । उनि भन्छिन् – हातीको पाइला बाटोमा अझ स्पष्ट देख्न सकिन्छ । माउ र बच्चा सहित देखिएको हाती बिहान ४ बजे तिर पुर्वतिर लागेको कुरा स्थानिय पदम कटुवालले बताएका छन् ।

हाती देखा परेको जानकारी मा आएपनि कहि कतै क्षति नगरेको कुरा ईलाका प्रहरी कार्यालय गौरीगञ्जले बताएको छ । हाती अहिले गौरीगञ्जको सीमा कटेर पुर्व लागेको कुरा जानकारीमा आएकोछ ।
केहि दिन अघि ईटहरी नगरपालिका भित्र पनि जोडि हाती देखा परेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्

