नेपालमा कोरोना सँक्रमितको सँख्या पाँच पुग्यो

पढ्न समय: 1 मिनेट

काठमाडौं चैत १५ । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी २२ वर्षीया युवतीमा पनि कोरोना भाइरस पोजेटिभ भेटिएको छ । यो सँगै नेपालमा कोरोना भाइरस सँक्रमितको सँख्या पाँच पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
उनी बेल्जियमबाट कतार हुँदै चैत ४ गते क्यूआर ६५२ नम्बरको फ्लाइटबाट उनी नेपाल आएको देवकोटाले बताए । उनकाे अवस्था सामान्य रहेकाे पनि देवकोटाले बताए । ती युवती बागलुङकी हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *