आजदेखि धरानमै कोरोनाको परिक्षण

पढ्न समय: 1 मिनेट

विराटनगर । काठमाडौंको शुक्रराज सरुवा रोग अस्पतालमा मात्र परीक्षण हुँदै आएको कोरोना भाइरस अब सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाटै बीपीमा कोरोना परीक्षण सुरु हुने जानकारी दिएको भएपनि प्रतिष्ठानले आइतबारबाट परीक्षण सुरु हुने जनाएको छ ।

- Advertisement -
Ad image

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकाटाले शनिबार नियमित पत्रकार सम्मेलनमा धरानबाट परीक्षणका लागि आवश्यक सबै तयारी सम्पन्न भएकोले शनिबारबाटै परीक्षण सुरु हुने बताउनुभएको थियो । प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा.संजिवकुमार शर्माले परीक्षणको तयारी पुरा भएको र आइतबारबाट नमुना परीक्षण सुरु हुने जानकारी दिनुभयो ।

प्रतिष्ठानमा प्रदेश १ र २ लाई लक्षित गरेर कोरोना भाइरसको आशंका गरिएका विरामीको स्वाब परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको छ । सुरूवातमा दैनिक १२ जनाको स्वाब परिक्षण गर्नेगरी स्थापना भएको ल्याबको क्षमता अधिकतम् उपयोग गर्दा ३० वटासम्म परीक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

ल्याबका लागि तत्काल आवश्यक पर्ने जनशक्ति प्रतिष्ठानमै रहेको छ । स्थापित प्रयोगशालाको परीक्षण पुष्टि गर्न सुरुवातमा पुनःपरीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने तयारी छ। केही परीक्षणहरू पठाएपछि त्यसमा समानता आएमा यहीँको परीक्षणले मान्यता पाउनेछ ।

हाम्रोमत डटकम

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *