दलबहादुर लाइ घर हस्तान्तरण गर्दै बिदा भए जापानी स्वयम् सेवक टोली

पढ्न समय: 2 मिनेट

मदन राजवँशी मनप्रीत
गौरीगञ्ज । गौरीगञ्ज ६ खजुरगाछी स्थित दमाइडाडामा बिपन्न परिवारका लागि सँचालित सुरक्षित आवास कार्यक्रम अन्तर्गत घर बनाइ दिन आएका स्वयम् सेवक जापानी बिद्यार्थीहरुलाइ शनिबार मायाको चिनो सहित बिदा गरिएको छ ।
गौरीगञ्ज गाउँपालिका सहारा नेपाल र ह्याबिटाट फर ह्युमिनिटीको सँयुक्त लगानीमा दमाइडाडाका ८ बिपन्न परिबारका लागि सँचालित सुरक्षित आबास अन्तर्गत जापानको बासिदा युनिभर्सिटी बाट १७ जना बिद्यार्थी युवा युवतीहरु स्वयम् सेवकका रुपमा दमाइ डाडा मा फागुन तीनगते देखि दल बहादुर नेपालीको घर बनाइ रहेका थिए ।
बिदा हुनु केहि बेर अगाडी वडा नँ ३ का वडाध्यक्ष मखना महतो स्वयम् सेवक टोलीका नाइके हिरोकी लगायतले बनेको नया घरको रिबन काटेर उद्घाटन गरेपछी जापानी स्वयम् सेवकहरुले सो घरमा दलबहादुर नेपाली र उनकी श्रीमतीलाइ भित्र्याएका थिए ।
नया घर पाए सँगै दमाइ डाडाका दल बहादुर नेपाली ले खुशी ब्यक्त गरेका छन |
नेपालमा आएर बिपन्न परिवारका लागि घर बनाउन सहयोग गर्न पाएकोमा जापानी स्वयम् सेवक टोलीका नाइके हिरोकीले पनि निकै खुशी लागेको अनुभव साटेका छन् ।
त्यसै गरि प्रमुख अतिथीको आसनबाट मखना महतोले समेत सबैलाइ धन्यबाद ब्यक्त गरेका थिए ।
जापानी बिद्यार्थीहरुलाइ बिदा गर्ने बेलामा नेपाली टीपी ढाकाको ब्याग र बुद्धको प्रतिमा सहितको मायाको चिनो प्रदान गरिएको थियो भने उनिहरु बिदा हुनअघि नेपाली गित गाएर र नाचेर समेत रमाईलो गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *