वडा नँ ४ मा पनि शुरु भयो एकिकृत सुरक्षित आवास कार्यक्रम

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ४ मा पनि एकिकृत सुरक्षित आवास कार्यक्रम शुरु भएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले शिलान्यास गरि शुक्रबार सो कार्यक्रमको बिधिवत शुरुवात गरेका छन् ।
ह्याबिटाट नेपाल सहारा नेपाल र गौरीगञ्ज गाउँपालिकाको सँयुक्त लगानीमा वडा नँ ४ को किस्नी खोला बगरमा अबस्थित बालुगाउँका ११ बिपन्न सँन्थान परिवारका लागि सुरक्षित स्थानमा सो आवास कार्यक्रम शुरु गरिएको कुरा सहारा नेपालका गौरीगञ्ज शाखा प्रमुख उमेश भारतीले बताएका छन् ।
वर्षा याममा वर्षेनी किस्नी खोलाको बाढीको जोखिममा रहेको सो गाउँका ११ सँथाल परिवारका लागि गौरीगञ्ज गाउँपालिकाले सो गाउँ देखि केहि पश्चिम सुरक्षित स्थानमा १० कट्ठा जग्गा खरिद गरि आवास निर्माण गर्न लागेको हो भने सोही कार्यक्रमका लागि स्थानीय नगेन्द्र ताजपुरिया र छटारी ताजपुरियाले १ कट्ठा जग्गा दान दिएका छन् । शिलान्यासकै अबसरमा जग्गादाता ताजपुरिया द्वयलाइ फुलमाला सहित सम्मान गरिएको छ ।
एकिकृत सुरक्षित आवास कार्यक्रम अन्तर्गत वडा नँ ६ को दमाइडाडामा बिपन्न ८ परिबारका लागि घर निर्माणको काम अन्तिम चरणमा छ भने सोहि वडाको माझी गाउँमा ४ बिपन्न परिवारका लागि र वडा नँ ५ को हरिरामा १२ बिपन्न मुसहर परिवारका लागि कार्यक्रम शुरु हुने प्रकृयामा छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *