थप ७ मा कोरोना सँक्रमण पुष्टी : सँक्रमितको सँख्या १०९ पुग्यो

पढ्न समय: 1 मिनेट

२७ बैशाख गौरीगञ्ज । नेपालमा शनिबार बिहान थप ७ जनामा कोरोना सँक्रमणको पुष्टी भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलबस्तुका १७, १८ र १८ नै वर्षका पुरुष रहेका छन् ।
यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। यो सँगै सँक्रमितको सँख्या नेपालमा १०९ पुगेकोछ ।

यस्तै हालसम्म कोरोना निको भएर घर फर्किनेको संख्या ३१ रहेको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *