गौरीगञ्ज मा बिहान ३ घण्टा साग सब्जि बेच्न पाइने र सवारी पास खारेज गर्ने निर्णय

पढ्न समय: 2 मिनेट

२६ बैशाख गौरीगञ्ज । शुक्रबार बिहान गौरीगञ्ज चोकमा साग सब्जि बेच्न सुरक्षाकर्मीले अबरोध गरेपछी उत्पन्न बिबाद समाधान गर्न गौरीगञ्ज गाउँपालिकामा सर्वपक्षिय बैठक बसेको छ । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा बसेको उद्योग वाणिज्य सँघ, ईलाका प्रसासन कार्यालय सुरक्षाकर्मी तथा सरोकारवाला हरु सहितको सर्वपक्षिय बैठकले बिहान ८ बजेदेखि बिहान ११ बजे सम्म साग सब्जि र खाध्यान्न बिक्रि बितरण गर्न दिने निर्णय गरेको छ । बैठकले सागसब्जि पसलको हकमा वडा कार्यालय एबम् बाणिज्य सँघ समेतले हरेक वडामा ६- ६ जना स्वयम् सेवक ब्यबस्था गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले हार्डवेयर तथा मदिरा पसलहरु पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने औषधी तथा दुग्धजन्य पसलहरु खुल्ला राख्ने निर्णय गरेकोछ । सहकारी तथा लघुबित्त सँस्था हरु बिहान ८ देखि बिहान ११ बजेसम्म खुल्ला राख्ने निर्णय गरेकोछ ।
यसैगरी गाउँपालिका बाट यस अघि जारी गरिएका सबै सवारी पासहरु शुक्रबार राति १२ बनेपछी खारेज गर्ने निर्णय गरेकोछ भने अति आबश्यक बाहेक थप सवारी पास जारी नगर्ने निर्णय गरेको छ ।
खाधान्न, कृषिजन्य सामग्री तथा निर्माण सामग्रीको ढुवानी बेलुकी ४ बजेदेखि बिहान ६ बजेसम्म खुला गर्ने निर्णय गरेको छ ।
उल्लेखित निर्णयहरु उलँघन गर्ने उपर कडा कानुनी कारवाही गरिने र कारवाही प्रकृयाका लागि जिल्ला प्रसासन, ईलाका प्रसासन तथा ईलाका प्रहरी कार्यालयलाइ अनुरोध गर्ने कुरा निर्णयमा भनिएकोछ ।
कालोबजारी तथा कृत्रिम अभाब रोक्न गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाको सँयोजकत्बमा बजार अनुगमन समितीलाइ सकृय बनाइ अनुगमन कार्यलाइ अघि बढाउने निर्णय गरेकोछ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *