टिप्परको ठक्करबाट एक युवाको मृत्यु, घटना लगतै प्रेमिका द्वारा आत्महत्या, स्थानिय प्रसासन द्वारा कर्फ्यु आदेश

पढ्न समय: 1 मिनेट

सुर्खेत । सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहको शव देख्ने वित्तिक्कै एक युवतीले विक्षिप्त भएर आत्महत्या गरेकी छिन् । मंगलबार  वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका  सिंहको मृत्युको पीडा खप्न नसकेर अरुणा शाहीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

कालिकोट महावै गाउँपालिका ३ का सिंहको ट्रिपरले हानेर मृत्यु भएपछि सो क्षेत्र मँगलबार दिनभर तनावग्रस्त भएको थियो । सिंहको निधन भएलगत्तै स्थानीयवासी र आफन्तले नाराबाजी गरेका थिए ।

- Advertisement -
Ad image

नाराबाजीको क्रममा प्रहरीले २ राउन्ड हवाइ फायर समेत गरेको थियो । स्थानीयवासी र  मृतकका आफन्तले सडक अवरोध गर्दै चर्को विरोध गरेपछि स्थानीय प्रशासनले मँगलबार साँझ ६:३० देखि आज बिहान ६ बजेसम्म कर्फ्यु समेत जारी गर्नुपरेको थियो ।  

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *