
रबिन्द्र बराल
रंगेलीमा क्षेत्रीय स्तरीय तेस्रो साउथन रिजनल प्याब्सन स्पोर्ट मिटको सम्पुर्ण खेल सम्पन्न भएको छ ।स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नारा सहित खेल सम्पन्न भएको हाे ।
उक्त खेलमा रतुवामाइ नगरपालिका, सुनवर्षि नगरपालिका , रंगेली नगरपालीका र धनपालथान गाउँ पालिका भित्र रहेका जम्मा १४ वटा निजि विद्यालयहरु काे प्रतियोगीतामा २१ विधामा का खेल हरु भएको हाे । ज्याम्बिलङ्ग थ्रो, दौड, रिले रेस कबडि, क्रिकेट ,फुटबल लगायतको खेलहरू भएको थियोे । एथलेटिक्स मा न्युस्टार बाेडिङ स्कुल दर्वेशा प्रथम भएको थियो । उसले ५ गाेल्ड, ५ सिल्भर र १ कास्य हात पारेको थियोे । दाेस्राेमा बाल ज्याेती ईङ्लिस बाेडिङ स्कुल फर्सडागी ले ४ गेल्ड,२ सिल्भर ,र २ कास्य हाँसिल गरेको छ । त्यस्तै सनराईज बाेडिङ स्कुल सुनवर्सि टकुवा ले ३ गाेल्ड, २ सिल्भर ,र ३ कास्य हात पारेको छ । त्यसैगरी फुटबल तर्फमा अरनिको बाेडिङ स्कुल अमरदह ले ३ गाेल गरेर प्रथम भएको छ । रंजनी ईङ्लिस बाेडिङ ले १ गाेल गरेर दाेस्राे स्थान हासिल गरेको छ । क्रिकेट खेलमा मिनिल्यान्ड ईङ्लिस बाेडिङ स्कुल र रंजनि ईङ्लिस बाेडिङ स्कुल बिच भएको खेलमा मिनिल्यान्ड ईङ्लिस बाेडिङ स्कुल बिजय भएको छ । क्रिकेट खेलमा वेस्ट बलर मुनलाईटका परवेज अालम , बेष्ट व्याटमेन्स रंजनी का राहुल बस्नेत , म्यादी अफ द सिरिज जित बहादुर उराँव ,म्यानअफ द म्याच फाईनल खेलका मिनिल्यान्ड का अंकित राेय घाेषित भएका छन । खेलमा प्रथम, द्वितीय र तृतीय हुने बिध्यालय तथा बिधार्थि हरु लाई कार्यक्रम काे प्रमुख अतिथि रंगेली का उपमेयर केशव कुमारी खराल , बडा अध्यक्ष घन्श्याम पनेरु , प्यापसन माेरङका सल्लाहकार सुनिल पाैडेल, बिकर्ण कार्की ,जीवन खनाल ,माेति ढकाल , दिपेन्द्र थापा लगायत लेे बिजेता उपबिजेता हरुलाई सिल्ड प्रमाणपत्र ट्रफि समेत बितरण गरेका थिए ।

