
असार ७ गौरीगञ्ज । आज झापाका ६ जना सहित देशभर थप ४२१ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।
स्वास्थ्य कार्यलय झापाका अनुसार आज संक्रमण पुष्टि भएकाहरुमध्ये कनकाईमा १ महिला, अर्जुनधारामा २ महिला १ पुरुष र मेचीनगरमा २ पुरुष रहेका छन् ।
त्यसै गरि आज १९४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। निको हुनेमा १८६ पुरुष र ८ महिला छन्। यीसहित कुल निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ। त्यस्तै मृत्यु भएका २३ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

