गौरादहको छैठौँ नगरसभा आरम्भ

पढ्न समय: 2 मिनेट

राजु पोख्रेल

दमक । गौरादह नगरपालिकाको छैटौं नगर सभा सनिवार शुरु भएको छ। सभाको उद्घाटन प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गरेका थिए।

- Advertisement -
Ad image


नगरसभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले नगरको चौतर्फी बिकासमा नगरपालिकासंग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । गौरादह नगरपालिकाकी उपप्रमुख गिता भेट्वालले प्रस्तुत आर्थिक बर्ष २०७७र७८ को निति तथा कार्यक्रममा कृषिलाई आधुनिकी करण, सामुहिक खेती, व्यवसायिक खेती, यान्त्रिकीकरण र अग्र्यानिक खेतीमा जोड, कृषिसग सम्बन्धित घरेलु तथा मझौला उद्योगलाई प्रोत्साहन तथा स्थापना गरिनेछ ।
व्यवसायिक पशुपंक्षि पालनलाई प्रोत्साहन, कृषि तथा पशु जन्य खेतीमा हुने दैबिक तथा प्रकोपबाट हुने क्षतिलाई राहत कोषको स्थापना,
क्वारेन्टाइन तथा आइसुलेसनको व्यवस्थापनमा जोड, कोभिड १९ नियन्त्रणलाई प्राथमिकता, बिदेशबाट फर्किएकालाई कृषि, पशु तथा घरेलुु उद्योगमा प्रोत्साहन, बेडको अस्पताल बिमा कार्यक्रम संचालन हुने गरि ,बिपन्न परिवार तथा पशु बिमालाई प्राथमिकता, दीर्घकालीन भौतिक संरचना सडक, पुल, ढल, भवनमा जोड दिने, लक्षित बर्गलाई उत्थानमा जोड दिइने ,सामुदायिक बिद्यालयको भौतिक संरचना तथा शिक्षाको गुणस्तर लाई प्राथमिकता दिइने छ, खानेपानी तथा स्वास्थयलाई सबैको पहुँच पुर्याउने ,कृषि क्याम्पस सग सहकार्य गरि कृषि बालि तथा पशुपालनमा कार्य गरिने, संघ तथा प्रदेश सरकार संघ सहकार्य गरि भौतिक बिकासमा जोड दिने,भुमी ब्यास्थापनलाई जोड दिइने छ ,प्रकोप कोषलाई थप ब्यबस्थित गरिने, कृषि, पशु फर्म तथा अस्पताललाई कर बिशेश छुट दिइने छ, व्यवसायिक करलाई केही छुट तथा संशोधन गरिने लगायत समेटिएको नगरपालिका का प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए । उक्त कार्यक्रम नगर प्रमुख रोहित कुमार साहको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्