सँक्रमित ब्यक्ति समुदायमा पसेको आशँका : ५ दिनका लागि कन्काइ नगरपालिका बन्द

पढ्न समय: 1 मिनेट

प्रदीप परियार

बिर्तामोड । कनकाई नगरपालिका क्षेत्रका बजार पाँच दिनका लागि बन्द गर्न आव्हान गरिएको छ । नगरले आज एक सूचना जारी गर्दै आज सोमवार दिउँसो १२ बजेदेखि १३ गते शनिवार रातको १२ बजेसम्मलाई स्वास्थ्य बाहेक सबै क्षेत्रलाई बन्द गर्न अनुरोध गरेको छ ।

- Advertisement -
Ad image

नगरभित्र ४ जनामा कोरोना संक्रमण पुष्टि भएको र समुदायमा समेत फैलिएको हुन सक्ने संभावनालाई ख्याल गर्दै नगरले बन्दको आव्हान गरेको हो । नगरले सूचना जारी गर्दै आवश्यक कन्टेक्ट ट्रेसिङ गर्नु पर्ने भएकाले सबै वडाका बजार, पसलहरु, शैक्षिक संस्था, नगरपालिका कार्यलय, वडा कार्यालयहरु, बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्न कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समिति आग्रह गरेको छ ।

स्वास्थ्यमा अत्यावश्यक सेवा र निर्माण क्षेत्रका सवारीलाई भने नगरले छुट दिएको छ । यस अवधिमा नगरको आग्रहलाई पालना नगरे प्रहरीले नियन्त्रणमा लिने सूचनामा उल्लखे छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्