झापाको जामुनखाडीमा बस दुर्घटना, एकको मृत्यु, १८ घाइते

पढ्न समय: 1 मिनेट

झापा । बस दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । कनकाई नगरपालिका जामुनखाडीमा बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बसमा सवार १८ जना घाइते  भएका छन् । ३ जनाको अवस्था गम्भीर छ ।यो खबर जनता समाचार डट कममा छ

मृत्यु हुनेमा भद्रपुर ९ निवासी २८ वर्षीया सुजन पोखरेल रहेकाे  जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख होम अधिकारीले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

पूर्व-पश्चिम राजमार्गअन्तर्गतको दानाबारीबाट धरान जाँदै गरेको मे १ ख ७२०४ नम्बरको बसले आोभरटेक गर्ने क्रममा अनियन्त्रित स्कुटरलाई ठक्कर दिएको थियो । मे ११ प ८९७७ नम्बरको स्कुटीमा सवार पोखरेलको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेको बिरर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । १८ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ ।  सिराहा गोलबजारका २९ वर्षीय चालक विनोद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *