६ जनालाइ सम्मानित गर्दै गौरीगञ्ज स्थित दन्तकाली मन्दिरको दोश्रो साधारण सभा सम्पन्न

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज भदौ १३ गते । झपाको गौरीगञ्ज वडा नँ ३ स्थित दन्तकाली मन्दिरको दोश्रो साधारण सभा सम्पन्न भएको छ । मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष देवी प्रसाद राजवँशीको अध्यक्षता र वडा नँ ३ का वडाध्यक्ष मखना महतोको प्रमुख आतिथ्यतामा भएको दोश्रो साधारण सभामा अध्यक्ष राजवँशीले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिबेदनमा मन्दिरको बार्षिक आमदानी रु ४ लाख ४४ हजार ६ सय १ रुपैया र बार्षिक खर्च ४ लाख ३२ हजार ८ सय रुपैया रहेको उल्लेख छ । र हाल मन्दिर सँग बैक मौजदाद ११ हजार ८ सय १ रुपैया रहेको उल्लेख छ ।
साधारण सभाकै क्रममा मन्दिर ब्यबस्थापन समितीले बिभिन्न क्षेत्रबाट मन्दिरलाइ सहयोग पुर्याउने ७ जनालाइ सम्मान समेत गरेको छ । सम्मानित हुनेमा जेष्ठ नागरिक ज्ञानबहादुर कार्की‚ गीतादेवी पोख्रेल शम्भु खरेल सतालु कोच मेघराज ताजपुरिया र मन्दिरका पुजारी चन्द्र मोहन राजवँशी छन् । सम्मानीत हुनेहरुलाइ सम्मान पत्र र खादा सहित सम्मान गरिएको थियो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *