गौरीगञ्ज‚ १९ असोज । हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको नक आउट राउण्डमा झापा गौरादहका गायक बलबहादुर राजवँशीले प्रबेश पाएको छ ।
शनिबार राति प्रसारित शो मा उनले ब्याटल राउण्डमा कोच प्रमोदको टिमबाट जमिर अलि सँग प्रतिस्पर्धा गरेका थिए । चलचित्र लाहुरेको बस है आमा गयौ है बाबा बोलको गीतमा प्रतिस्पर्धी जमिर अलि भन्दा राम्रो प्रस्तुती दिएर उनि नक आउट राउण्डका लागि छनौटमा परेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्

