गौरीगञ्ज चोकमा ट्राफिक सचेतनाका लागि ट्राफिक डमी

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज ‚ १९ असोज । ट्राफिक ब्यबस्थापनमा टेवा पुग्ने उद्देश्यले झापाको गौरीगञ्ज चोकमा ट्राफिक डमी राखिएको छ । आइतबार बिहान एक औपचारिक कार्यक्रमको आयोजन गरि चोकमा दुइवटा पुर्ण कदको ट्राफिक डमी राखिएको हो ।
प्रहरी प्रधान कार्यालयको देश ब्यापी निर्देशन अनुसार गौरीगञ्ज चोकमा डमी राखिएको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख गणेश भट्टराइले बताएका छन् । ट्राफिक चेक पोस्ट गौरीगञ्जले आयोजना गरेको कार्यक्रममा बील्दै ट्राफिक भोजराज चौलागाइले सडकमा राखिएको ट्राफिक डमीले सवारी चालकहरुमा मनोबैज्ञानिक प्रभाव पार्ने र त्यसले चालकलाइ सचेत बनाउने कुरा बताए । त्यसै गरि वडा नँ ३ का वडाध्यक्ष मखना महतोले गौरीगञ्जको बस पार्कलाइ चाडै ब्यबस्थित बनाइने कुरा बताए ।
ट्रापिक डमीहरु आठमौजा बचत तथा ऋण सहकारी गौरीगञ्ज र जुरोपानी बहुउद्देश्य सहकारी गौरादहले सौजन्य गरेका हुन । कार्यक्रममा बोल्दै आठमौजा सहकारीका सँचालक समिती सदस्य केदारनाथ रिमाल र जुरोपानी सहकारीका अध्यक्ष छत्र चुँडालले ट्राफिक ब्यबस्थापनमा पुर्ण कदको ट्राफिक डमीहरुले सहयोग पुग्ने कुरा बताए ।
कार्यक्रममा टेम्पो सिटी सफारी र बस चालकहरुलाइ टिका लगाइ पुस्प गुच्छाका साथ स्वागत गरिएको थियो ।

- Advertisement -
Ad image

बिज्ञापन

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *