२० जेठ गौरीगञ्ज । झापाका १७ सहित आज १८ जना आज सँक्रमण मुक्त भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचाररत उनिहरु १८ जना आज डिस्चार्ज भएका छन् ।
उनीहरु सबैको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताएका छन् । उनका अनुसार डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।
योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ । यस अघि विराटनगर कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट ३० जना डिस्चार्ज भइसकेका छन् ।
आज झापाका १७ जना सँक्रमण मुक्त भएसँगै झापामा कोरोना जित्नेको सँख्या १९ पुगेकोछ ।यस अघि झापाको पहिलो सँक्रमित दमकका ६२ वर्षिय पुरुष र बाह्रदशी गाउँपालिका को पहिलो सँक्रमित ४० वर्षिय पुरुष सँक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

