गौरीगञ्जका थप २ स्थानमा क्वारेन्टाइन राख्ने तयारी

पढ्न समय: 1 मिनेट


२० जेठ । गौरीगञ्ज गाउँपालिका को थप २ स्थानमा क्वारेन्टाइन राख्ने तयारी गरिएकोछ । वडा नँ १ र २ का लागि पायक पर्ने गरि कारोबारी स्थित सेन्ट जोसेफ स्कुलको भवन र वडा नँ ५ र ६ का लागि पायक पर्ने गरि खजुरगाछी माबिको भवनलाइ क्वारेन्टाइन वनाउने तयारी गरिएको कुरा गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले बताएका छन् । भारत बाट घर फर्किने हरुको सँख्या दिनहु बढ्न थाले पछी उनिहरुको ब्यबस्थापनका लागि हिजो सोमबार गाउँपालिकामा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेपछी त्यसका लागि आवश्यक तयारी शुरु गरिएको कुरा उपाध्यक्ष थापाले बताए । क्वारेन्टाइन ब्यबस्थापनका लागि वडा नँ १ र २ बाट ३-३ जना र वडा नँ ५ र ६ बाट ३-३ जना भुपु आर्मी वा भुपु प्रहरीलाइ स्वयम् सेवकका रुपमा खटाउने तयारी भएको उनले जानकारी दिएका छन् । हाल गौरीगञ्ज वडा नँ ६ को नवनिर्मित अस्पताल भवन मा र वडा नँ ३ स्थित गौरीगञ्ज क्याम्पसको भवनमा क्वारेन्टाइन सँचालित छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *