
गौरीगञ्ज, फागुन ९ । झापाको गौरादह नगरपालिकामा जुवा खेलिरहेको अबस्थामा खालबाट एक प्रधानाध्यापक र १ शिक्षक सहित ८ जना पक्राउ परेका छन् ।
झापा प्रहरीले गएराती जुवाको खालबाट ९१ हजार नगद सहित उनिहरुलाइ पक्राउ गरेको छ । गौरादह नगरपालिका वडा नम्बर ९ स्थित दिनेश पोख्रेलको घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सवै सामाजिक क्षेत्रमा नाम चलेका ब्यक्ति रहेको कुरा बुझिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकका साथै राजनीतिक दलका स्थानीय नेता समेत पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये गोपाल पोख्रेल स्थानीय अमर माविका प्रधानाध्यापक हुन । त्यस्तै रामवहादुर ढुंगाना लेखनाथ प्राविका शिक्षक हुन् । ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुको साथवाट कौडा र नगद वरामद गरेको हो ।
प्रहरी श्रोतका अनुसार बिहीबार राती करिव साढे १० बजे स्थानीयले प्रहरीलाई जुवा खेलिरहेको गोप्य सुचना दिएका थिए । स्थानीयले दिएको सुचनाको १५ मिनेटमा प्रहरीले जुवा खेलिरहेको घर घेरा हालेको थियो ।
प्रहरीले पोख्रेलको घर घेरा हालेर जुवाडे पक्राउ गरेपछी स्थानीयबासी पुगेका थिए । प्रहरीले १६ थान कौडा ,मोबाईल ७ थान र नगद ९१ हजार ३ सय ८० रुपैंया बरामद गरेको ईलाका प्रहरी कार्यलय दमकका डीएसपी विजयराज पंडितले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सवै गौरादह ९ बैगुनधुराका हुन् । प्रहरीले ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङगाना, गोपाल पोख्रेल, महेश निरौला, रोहित बस्नेत, नेत्र पोख्रेल र गोपाल ढकाल पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सवैलाई जुवा ऐन अन्तर्गत कारवाही हुने दमक प्रहरीका प्रहरी नायव उपरिक्षक पण्डितले जानकारी दिए

