इशान राजवँधी

निँदरीमै छाती पोल्यो, र त ब्युझेँ
सपनीमै च्वास्स बिझ्यो, र त ब्युझेँ।
हास्न त सिकिसके, अझै पीडा किन
मायावाणमै यो मन फस्यो, र त ब्युझेँ।
एक्लै अब बाचौँ कि, मायाप्रीति गासौँ
दोधारमै यो मन अल्झ्यो, र त ब्युझेँ।
फूलसरी फक्रिने त थियो नि रहर, खै
कुण्डलीमै काँडा’आइ धस्यो, र त ब्युझेँ।
जबजब मन रोयो, शब्दका नदी बहे, खै
ख्यालख्यालमै गजल बन्यो, र त ब्युझेँ ।
प्रतिक्रिया लेख्नुहोस्

