मोरङको अलग – अलग स्थानमा चट्याङले दुइ जनाको मृत्यु र आठ जना घाइते भएका छन् । चट्याङले लागेर मोरङ रतुवामाई– ५ का नेत्र श्रेष्ठको र सुनबर्षी नगरपालिका ६ टालगाछी कि २८ बर्षिया नृत कुमारी दासको मृत्यु भएको हो ।
हिजो बाख्रा सार्ने क्रममा २२ वर्षीय श्रेष्ठ चट्याङले लागेर घाइते भएका थिए । उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । त्यसै गरि आज मध्यान्ह खेतबाट मकै टिपेर फर्कने क्रममा सुनबर्षि नगरपालिकाकी दासको चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसै गरि चट्याङ् लागेर ८ जना घाइते भएकाछन् । घाइते हुनेमा धनपालथान–२ का ३८ वर्षीया प्रमिलादेवी मण्डल, १४ वर्षीया मनिषादेवी मण्डल, २५ वर्षीय जितेन मण्डल, १९ वर्षीया गिताकुमारी मण्डल, १६ वर्षीया सपनाकुमारी मण्डल, १२ वर्षीय अभिषेक मण्डल, ३८ वर्षीय शिवशंखर मण्डल र ४० वर्षीय चन्दन बहरदार रहेका छन् । घाइते सबैलाई उपचारको लागि कोशी अस्पताल विराटनगर ल्याइएको मोरङ प्रहरीले जनाएको छ ।


