गौरीगञ्ज ४ को बेलडाँगी – सुकुम्बासी बस्ति सडक पनि बगायो

पढ्न समय: 1 मिनेट

२९ असार झापा । अबिरल बर्षाका कारण गौरीगञ्ज वडा नँ ४ को सुकुम्बासी टोलबाट जँगल हुदै बेलडाँगी जाने सडक पनि बगेको छ । गाउँपालिकाको पालिका स्तरिय योजना बाट रु ६ लाखमा यसै बर्ष निर्माण सम्पन्न भएको सो सडकको सुकुम्बासी टोल र जँगल बीचको कल्भर्ट बर्षे भेलले बगाएको । चारवटा ह्युमपाइप राखेर सामान्य तरिकाले बनाइएको सो कल्भर्ट बगेपछी सो सडकबाट आवतजावत ठप्प भएको छ । सो सडकमा कल्भर्ट मा मात्र होइन , अबिरल वर्षाका कारण सडकको किनार तथा जँगल बिचको खोल्सीमा समेत क्षति पुगेको छ ।
सो सडकको ठेक्का पाएका ठेकेदार कम्पनी निरौला एण्ड ब्रदर्शले योजना स्टिमेट मै कल्भर्ट नरहेको र वडाध्यक्षको आग्रहमा सो स्थानमा सामान्य तरिकाले ह्युमपाइप राखिएको कुरा बताएका छन् । ह्युमपाइप राखेर सिमेन्ट लगायतका सामग्रीले सोलिङ् गरिनु पर्थ्यो तर योजना स्टिमेटमै सो कुरा नरहेकोले ह्युमपाइप सामान्य तरिकाले बिछ्याइएको कुरा ठेकेदार कम्पनीको रहेको छ ।
वडा नँ ४ का वडाध्यक्ष कुल प्रसाद गिरीले पनि सो कल्भर्ट योजना स्टिमेटमा नरहेको कुरा बताएकाछन् । घाम लाग्ने बितिकै एक दुइ दिनमा सो कल्भर्टमा ह्युमपाइप मिलाएर ग्राभेल पुर्न लगाइ सडक सुचारु गरिने कुरा बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्