
कुञ्जिबारी ७ चैत । बिश्व भरि कोरोना भाइरसको महामारी फैलिए सँगै गौरीगञ्ज गाउँपालिका वडा नँ १ ले पनि वडाबासीहरुलाइ सतर्क रहन कोरोना भारइस बारे सचेतना तथा मास्क बितरण गरेको छ ।
वडा कार्यालयले स्वास्थ्य कर्मी र सुरक्षा कर्मीहरुको सहयोगमा वडा का बिभिन्न ७ स्थानहरुमा सचेतना तथा मास्क र सावुन बितरण गरेको छ । वडाध्यक्ष कार्तिकलाल राजवँशीको नेतृत्वमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सम्मिलित टोलिले शुक्रबार एकै दिन होकलबाडी झोडा‚ चौरी‚ धानगाडा‚ देबिगाडा‚ टुनुबस्ती र रँगियाथान मा सचेतना सहित गाउँबासीहरुलाइ मास्क तथा साबुन बितरण गरेको छ । यस बाहेक वडा कार्यालयले अर्को सुचना जारि नभए सम्मका लागि वडा भित्र लाग्ने सबै साप्ताहिक हाट बजारहरु बन्द राख्न अब्हान गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

