
कुञ्जिबारी चैत ८ । गौरीगञ्ज गाउँपालिका वडा नँ १ को कार्यालयले आफ्नो वडा भित्र लाग्ने सम्पुर्ण साप्ताहिक हाट बजारहरु अर्को सुचना जारि नभएसम्मका लागि रोक्न अनुरोध गरेको छ । वडाध्यक्ष कार्तिकलाल राजवँशीको अध्यक्षतामा चैत ६ गते वडा कार्यालयमा वडा सदस्यहरु‚ राजनैतिक दलका प्रतिनिधिहरु तथा सँघ सँस्थाका प्रतिनिधिहरु सहित बसेको सर्वपक्षिय बैठकको निर्णयबाट सुचना प्रकाशित गरि सो अनुरोध गरिएको हो । हाल वडा नँ १ को कुञ्जिबारीमा शनिबार र मँगलबार‚ धन्सार चोकमा सोमबार र बिहिबार‚ महाभारामा बुधबार र शुक्रबार र देबिगाडामा आइतबार र शुक्रबार साप्ताहिक हाट बजार लाग्ने गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

