गौरीगञ्ज गाउँपालिका को सातौं गाउँसभा माघ ७ गते बस्दै

पढ्न समय: 1 मिनेट

माघ ५ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका मा माघ ७ गते हिउँदे अधिवेशन अर्थात सातौ गाउँसभा बस्ने तयारी भएको छ । आज सोमबार गाउँपालिका को नियमित कार्यपालिका बैठकमा सो गाउँसभाको तयारीका लागि छलफल भएको कुरा एक कार्यपालिका सदस्य ले बताएका छन् ।

यो नियमित गाउँसभा भएकाले यसका लागि खासै बिशेष एजेण्डाहरु नभएको र हाल सञ्चालनमा रहेका गाउँपालिका स्तरीय र वडास्तरीय योजनाहरुमा बढि बजेट भएका योजनाहरु बाट रकम कटौती गरि रकम अपुग भएका योजनाहरुमा बजेट समायोजन गरिने तथा केहि योजनाहरु हेरफेर हुनसक्ने लगायतका एजेण्डाहरुको प्रबेष पाउने कुरा गाउँपालिका का प्रमुख प्रसासकीय अधिकृत राजु दाहाल ले बताएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्