गौरीगञ्ज‚ २२ असोज । हुलाकी राजमार्ग अन्तर्गत झापाको गौरीगञ्ज र मोरँगको रतुवामाइ जोड्ने रतुवा घाटमा बाँसको पुल को बिषयलाइ लिएर दुइ पक्ष बिच झडप भएको छ ।
दशैको बेला खोलामा झापाका गँगा बाबाजी समुह र मोरँगका कैलाश श्रेष्ठ समुहले छुट्टा छुट्टै बाँसको पुल राखि आवत जावत गर्नेहरु सँग पैसा उठाउन थाले पछी दुबै समुह बिच झडप भएको हो । यद्यपी झडबमा कोही घाइते नभएको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्र नि गणेश भट्टराइले जनाएका छन् ।
हुलाकी सडक अन्तर्गत रतुवा खोलामा पक्की पुल निर्माण भएको बर्षौ बिते पनि सरकारी उदाशिनताका कारण सो पुल सञ्चालन हुन सकेको छैन । पक्की पुल सञ्चालनमा नआउदा झापा र मोरँग दुबै तर्फका जनताहरुले आवतजावत गर्न बर्षै भरि सास्ती खेप्नुका साथै प्रत्येक पटक बासको पुलमा पैसा तिर्नु परेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

