गौरीगञ्जका १ सहित ४२५ नयाँ सँक्रमित : सँक्रमितको कुल सँख्या ५७६० पुग्यो

पढ्न समय: 1 मिनेट


गौरीगञ्जका १ सहित आज देशभर ४२५ जनामा सँक्रमण पुष्टी भएको छ । गौरीगञ्ज का सँक्रमित वडा नँ ५ चिल्हारा को २१ वर्षिय पुरुष रहेको र हाल खजुरगाछी माबि क्वारेन्टाइनमा राखिएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । उनि जेठ २० भारतको लुधियानाबाट १९ जनाको समुहमा आएका हुन । उनि सँग को समुहमा आएका ६ जनामा जेठ २६ गते र ३ जनामा हिजो ३१ गते सँक्रमण पुष्टी भइ सकेको छ । सोहि समुहका बाँकी नौ जनाको पुन: पिसिआर परीक्षण गर्न क्वारेन्टाइन मै राखिएको छ ।
यो सँगै गौरीगञ्जमा सँक्रमितको सँख्या १६ पुगेको छ भने ३ जना सँक्रमण मुक्त भएर घर फर्केका छन् ।
आज सँक्रमण पुष्टी भएका ४२५ सहित कुल सँक्रमितको सँख्या ५७६० पुगेको छ । मृतकको सँख्या १९ पुगेकोछ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *