गायक बलबहादुरलाइ बिराटनगरमा भब्य सम्मान

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज पुस १ । पुर्वाञ्चलकै पहिलो सँगितालय स्वर सँगम सँगितालय ले झापाली गायक बलबहादुर राजवँशीलाइ बिराटनगरमा भब्य सम्मान गरेको छ ।
सँगितालयले आफ्नो स्थापनाको रजत जयन्त्रीको अबसरमा गायक राजवँशीलाइ नगद सहित प्रतिभा सम्मान बाट सम्मानित गरेको हो ।


कोच भाषी गीत सँगितबाट चर्चा कमाएका गायक राजवँशीले यो बर्ष हिमालय टेलिभिजनबाट प्रसारित रियालिटी शो द भ्वाइस अफ नेपालमा समेत टप ९ सम्म पुग्न सफल भएका थिए । द भ्वाइस अफ नेपालले उनलाइ झन चर्चाको चुलीमा पुर्याएको थियो ।
दुइ बर्ष अघि यसपालि त बिहे गर्ने हो बोलको गीत गाएर युवा पुस्ता माझ लोकप्रीय बनेका उनले हालै सार्बजनिक भएको हिजो सम्म बोलको गीतबाट उत्कृष्ट आधुनिक गीत तर्फ नब गायकका लागि जिनियस म्युजिक अवार्ड समेत जितेका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *