
गौरीगञ्ज पुस २ । झापाको गौरीगञ्ज गाउँपालिका स्थित गौरीगञ्ज क्याम्पसले २८ औ बार्षिकोत्सब भब्यताका साथ सम्पन्न गरेको छ । प्रदेश नँ १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिकोत्सबमा क्याम्पस प्रमुख सर्वतलाल राजवँशीले क्याम्पसको बार्षिक प्रतिबेदन पेस गरेका थिए । उनले यस क्षेत्रमा क्याम्पसलाइ जीवन्त राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा बताए ।




क्याम्पसमा अध्ययनरत बिभिन्न तहका जेहेन्दार बिद्यार्थीहरुलाइ रामलाल जी धापोदेबी गोल्छा च्यारीटी ट्रष्ट द्वारा बर्षेनी प्रदान गर्दै आएको छात्रबृती प्रदान गरिएको थियो । ट्रष्टका तर्फबाट धिरज चामल उद्योगका ब्यबस्थापक सन्तोष कौशिक ले छात्रबृती हस्तान्तरण गरेका थिए । त्यसैगरि शिबमाया स्मृती छात्रबृती स्नातकतहका दुइजना बिद्यार्थीहरुलाइ प्रदान गरिएको थियो । गौरीगञ्जका निर्माण ब्याबशायी श्रवण गिरीले जेहेन्दार तथा गरिब बिद्यार्थी हरुको उच्च शिक्षाका लागि छात्रबृती स्वरुप क्याम्पस सञ्चालक समिती अध्यक्ष बाबुराजा श्रेष्ठलाइ रु ३३ हजारको चेक हस्तान्तरण गरेका थिए ।
बार्षिकोत्सबको अबसरमा बिभिन्न खेल तथा प्रतियोगिताका बिजेता बिद्या्र्थीहरुलाइ समेत पुरस्कार बितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गौरीगञ्ज क्याम्पसलाइ अगाडी बढाउन प्राबिधिक बिषय तथा जनशक्तीको खोजि गरिनु पर्ने कुरा बताए । सोका लागि यहाका बुद्धिजिबिहरु बिच छलफल गरिनु पर्ने कुरा बताए । उनले क्याम्पसलाइ बचाइ राख्न प्रदेश सरकारका तर्फबाट आफ्नो सक्दो सहयोग रहने कुरा समेत बताए ।
क्याम्पस सञ्चालक समिती अध्यक्ष बाबुराजा श्रेष्ठको सभापतित्वमा सम्पन्न क्याम्पसको बार्षिकोत्सबमा पुर्व सञ्चालक समिती अध्यक्ष श्याम ढकालले क्याम्पसलाइ अघि बढाउन सञ्चालक समितीलाइ नै नयाँ प्रतिस्पर्धी ढँगबाट अगाडी बढाउनु पर्ने कुरा बताए ।

