
गौरीगञ्ज पुस १ । केहि दिन यता झापाको गौरीगञ्ज ६ खाडीटोल आसपासको चिया बगानमा देखा परेको चितवा समात्न फलामे धराप थापिएको छ । मँगलबार बिहान इलाका प्रहरी गौरीगञ्ज र सशस्त्र प्रहरी बल गौरीगञ्जको सँयुक्त टोलीले सो स्थानमा फलामे धराप धापेको हो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश भट्टराइ र सशस्त्र प्रहरी गौरीगञ्जका प्रहरी निरीक्षक साइमन श्रेष्ठको नेतृत्वमा गएको टोलीले स्थानीयहरुको सहयोगमा सो धराप धापेको हो । वडा नँ ६ का वडा सदस्य उदिम राइले सो धराप थापे पछी स्थानीयमा त्रास केहि कम भएको तर त्रासको बाताबरण नसकिएको कुरा बताए । बन कार्यालयको सहयोगमा झापाको सिमसार क्षेत्र जामुनखाडीबाट फलामे धराप ल्याइएको कुरा इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराइले बताए । एक हप्ता अघि स्थानीय झबिलाल यादबको बाच्छी र स्थानीय बुधलाल यादबको खसी मारेको थियो भने शनिबार स्थानीय भक्तबहादुर कार्कीलाइ सो चितुवाले आक्रमण प्रयास गरेको कुरा स्थानीय भक्त बहादुर कार्कीले बताए ।

