खेमराज पौडेलको हत्या गर्ने सद्दामलाई आजीवन जेल सजाय

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज | गत भदौमा झापाको गौरीगञ्जमा हत्या भएका दमकका कपडा ब्याबशायी खेमराज पौडेलको हत्यामा सँलग्न दोषिलीई आजिबन काराबासको सजाय सुनाईएको छ | हत्यामा सँलग्न सद्दाम हुसैनलाई आजिबन जेलको सजाय सुनाईएको हो .
नयाँ कानून कार्यान्वयनमा आएसँगै झापामा पहिलोपटक आजीवन कारावासको फैसला भएको अदालतका श्रेष्तेदार दुर्गाप्रसाद खनालले जानकारी दिए ।उनका अनुसार कमल गाउँपालिका–६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न सद्दाम हुसेन मियालाई आजीवन कारावासको फैसला भएको हो । उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ (१) विपरीत ऐन दफा २१३ बमोजिम सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना, सोही ऐनको १७७(१) को कसुरमा सोही ऐनको १७७ (२) बमोजिम जन्मकैदको सजाय तोकिएको श्रेष्तेदार खनालले बताए ।
उनका अनुसार अपहरण गरी पोडैलको हत्यामा कसुर ठहर गर्दै सोही ऐनको दफा ४३ (२) बमोजिम ज्ञ्ेठी दफा ४१ बमोजिम हुसेनलाई आजीवन कैदको सजाय सुनाइएको हो । सोही ऐनको दफा २१७ तथा ज्यान मार्नेतर्फ १८६ बमोजिम प्रतिवादीबाट पत्नी जाहेरवालालाई एक लाख क्षतिपूर्ति भराइदिने आदेश समेत भएको बताइएको छ ।हुसेनले पौडेलको गतवर्ष भदौं २६ गते घाँटी र टाउकोमा छुरा प्रहार गरी हत्या गरेका थिए । सद्दामले आफै पौडेललाई पैसा लिन आउन भनी गौरीगन्ज बोलाएर एकान्तमा लगि हत्या गरेका थिए । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार भएको थियो ।पौडेलको हत्यापछि प्रहरीले घटनास्थलमा उनको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र व्याग फेला परेको थियो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *