गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नँ ३ को कार्यालयले आफ्ना वडाका सामुदायिक बिद्यालयका बिद्यार्थीहरु लाइ पोसाक बितरण गरेको छ ।
बिहिबार वडा कार्यालयले वडा भित्र रहेका गौरी आधारभुत प्राबि गौरीगञ्ज आधारभुत प्राबि र गौरीगञ्ज माबि का बिद्यार्थीहरुलाइ बिद्यालयको पोसाक बितरण गरेको हो ।
बालबालिका लक्षित कार्यक्रम अन्तर्गत वडा कार्यालयले गौरी आधारभुत पराबिका कक्षा २ र ३ का ५५ जना बिद्यार्थीहरुलाइ गौरीगञ्ज आधारभुत प्राबिका कक्षा १ , २ र बालबिकासका ५५ जना लाइ र गौरीगञ्ज माबिका कक्षा १ , २ ३ र ४ का १०० जना बिद्यार्थीहरुलाइ पोसाक बितरण गरेको हो ।
पोसाक बितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष मखना महतोले सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुलाइ नियमित बनाउन पोसाक बितरण कार्यक्रम कोसेढुँगो साबित हुनेमा बिस्वस्त रहेको कुरा बताएका छन् ।
पोसाक बितरणमा वडा सचिक सन्तोष मिश्र र सहारा नेपालका उमेश भारती लगायतका हरु सहभागि थिए ।




