कोरोना भाइरस बिरुद्ध को भ्याक्सिन चीनमा सफल परिक्षण हुदै

पढ्न समय: 1 मिनेट

काठमाडौं ।  चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१०)को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वयम सेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ ।

सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ । उहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वय्मसेवकहरुको घरमा हिजो फिर्ता भएका हुन् ।

- Advertisement -
Ad image

शुक्रबारसम्म १०८ जना स्वय्मसेवकहरुमध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गरिसकेको छन् । सबै स्वयम सेवकहरुलाई छ महिनासम्म वैज्ञानिकहरुले निगरानीमा राख्नेछन् र पछि उनीहरुको रगतको नमूना लिएर एन्टीबडिज्लाई शुक्ष्म रुपमा अनुसन्धान गरिनेछ ।

यदि यो सुई प्रभावकारी र भरपर्दाे भएको पत्ता लागेमा वैज्ञानिकहरुले विदेशमा थप अनुसन्धान गर्ने बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *