कोरोनाका कारण रँगेलीको सँसारी माइमा बलि चढाउन रोक

पढ्न समय: 1 मिनेट



रबिन्द्र बराल
विश्वव्यापी महामारीको उग्र रुप लिईरहेकाे कोरोना भाईरस फैलिए पछि अहिले नेपाल मा समेत उच्च सतर्कता अपनाउन अाग्रह गरे संगै मोरङको रंगेली नगरपालिका ७ मा रहेेको श्री संसारी माईस्थान मन्दिरमा केेेही दिन का लागि बलि बन्द गरिने भएको छ । विशेष गरेर प्रत्येेक साता काे मंंगलबार र शनिबार भक्तजन हरु काे उल्लेख्य सहभागी
हुदै अाएकाे मा नेपाल सरकारले कुनै पनि ठाउँमा २५ जना भन्दा बडि सहभागी नहुन निर्देशन दिएपछि
मन्दिरले बिहीबार सार्वजनीक सुचना टास गर्दै केही दिन का लागि बलि बन्द हुने जनाएको छ । कोरोना भाईरसको जोखिमलाई ध्यान दिदै अर्को सुचना नअाउनजेल सम्मका लागी बली मा रोक लगाएको हो । उक्त मंन्दिरमा नेपाल तथा भारत का विभिन्न ठाउँबाट भक्तजन हरु काे उल्लेख्य सहभागी हुदै अाएका थिए । भारतमा समेत कोरोनाको संक्रमण देखिएकाले मन्दिरमा भिडभाड हुन नदिनका लागि मन्दिरमा बली रोक्नु परेको र
दैनिकि पुजापाठ भने हुने नियमित हुने मंन्दिर व्यवस्थापन समिति का अध्यक्ष संजिव श्रेष्ठले बताए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *