कोरोना सँबन्धी सचेतना दिदै फर्काइयो गौरीगञ्ज माबि केन्द्रका एसईई परीक्षार्थी हरुलाइ

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज, ६ चैत । एसईई परीक्षा स्थगन गर्नेबारे सरकारले बुधबार भिडियो सन्देश मार्फत ढिलो गरि सुचना जारी गर्दा अन्यौलमा परेका इसईईका परीक्षार्थीहरु बिहिबार परीक्षा केन्द्र आई पुगेका थिए । बिहिबार बिहान झापा स्थित गौरीगञ्ज माबि केन्द्रमा आइ पुगेका अधिकाँश परीक्षार्थीहरुले सुचनामा विश्वसनियता नहुदा परीक्षा केन्द्र सम्म आएको प्रतिकृया दिएका छन् भने अधिकाँश परीक्षार्थीहरुले अब एसइइ परीक्षा कहिले हुन्छ भन्ने जिज्ञासा राखेका छन् ।
गौरीगञ्ज माबि केन्द्रमा आएका सबै प्रशिक्षार्थीहरुलाइ कोरोना भाइरस को सँक्रमण र सो बाट कसरी सुरक्षित रहने भन्ने बारे सचेतना दिदै फर्काइएको कुरा सो केन्द्रका केन्द्राध्यक्ष गोबिन्द घिमिरेले गौरीगञ्ज दर्पणलाइ बताएका छन् ।
सो केन्द्रमा प्रगती माबि जुरोपानी, खजुरगाछी माबि खजुरगाछी, ज्ञानोदय मावि गौरीगञ्ज, आदर्श माबि कोरोबारी, मुनलाइट एकेडेमी खजुरगाछी र युनिभर्सल एकाडेमी खजुरगाछीका बिद्यार्थीहरु एसइइ परीक्षामा सहभागि हुदै थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *