बैशाख १ – केन्यामा १२ नेपाली महिलालाई पक्राउ गरिएको छ । शनिबार प्रहरीले केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला डान्स बारमा छापा मार्दा १२ जना नेपाली महिलाहरु प्रक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रक्राउ परेका महिलाहरुलाई मानव तस्करी गरेर त्यहाँ पुर्याएको हुन सक्ने प्रहरीको अनुमान छ । ती महिलाहरुलाई ग्राहकहरुलाई मनोरञ्जन दिईरहेको अवस्थामा प्रक्राउ गरिएको हो । प्रहरीले बारका मालिक क्यानेडाली नागरिकलाई पनि प्रक्राउ गरेको छ ।
कालिका न्युज डटकम बाट
प्रतिक्रिया लेख्नुहोस्

