एकै दिन १४ जनामा कोरोना सँक्रमणको पुष्टी, अब नेपालमा सँक्रमितको सँख्या ३० पुग्यो

पढ्न समय: 1 मिनेट

काठमाण्डौ, ५ बैशाख । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । शुक्रबारमात्रै उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि उनीहरुमा पीसीआर पोजेटिभ देखिएपछि पुष्टि गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो । उदयपुरमा भेटिएका मध्ये ८ जना भारतीय नागरिक हुन् ।यस्तै दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।

- Advertisement -
Ad image

यसअघि १६ जना कोरोना संक्रमित भएकोमा अब भने संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *