उदयपुरका थप १ जनामा कोरोना सँक्रमण : सँक्रमितको सँख्या ३२ पुग्यो

पढ्न समय: 1 मिनेट

काठमाडौं । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 
अन्यको धरानस्थित कोसी अञ्चल अस्पताल र केन्द्रीय प्रयोगशालामा परीक्षण भइरहेको भन्दै नतिजा आउन बाँकी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उदयपुरमा भेटिएका संक्रमित ३३ वर्षीय पुरुष रहेको जनाइएको छ ।

- Advertisement -
Ad image

 योसँगै उदयपुरमा कोरोनासंक्रमितको संख्या १४ जना पुगेको छ भने देशभर संक्रमितको संख्या ३२ पुगेको छ।  

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *