
उदयपुरको थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।
सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो।
संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्।
योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ। जसमा ४ जना निको भएर घर फर्किएका छन्।
प्रतिक्रिया लेख्नुहोस्

