२७ जेठ, झापा । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप २८ जना कोरोना जितेर घर फर्किएका छन् । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका २८ जना पुरुषहरु डिस्चार्ज भएका हुन् । उनीहरू सबै झापा कचनकवल गाउँपालिकाकाबासी हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार १८ देखि ५६ वर्ष उमेर समूहका २८ जना पुरुषलाई डिस्चार्ज गरिएको छ । धरानमा अब ५५ जना उपचाररत छन् ।
झापाका कुल सँक्रमित १४४ मध्ये यस अघि कचनकबलका ३८ जना बाह्रदशीका २ र दमकका १ जना गरि जम्मा ४१ जना व्यक्ति उपचारपछि घर फर्कि सकेकाछन् । आज डिस्चार्ज भएका २८ सहित झापामा कोरोना सँक्रमण मुक्त हुनेको सँख्या ६९ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

