बजेट भाषण : वृद्धभत्ता ३ हजार पुग्यो, एकल महिलाले मासिक २ हजार पाउने

पढ्न समय: 1 मिनेट

काठमाडौँ — सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । संसद्‌मा बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले वृद्ध भत्ता ३ हजार पुर्‍याएको जानकारी दिए । त्यस्तै एकल महिलाको भत्ता पनि १ हजार बढाइएको छ।

यसअघि वृद्धभत्ता मासिक २ हजार र एक महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो।
वृद्धभत्ता बढाएपछि १३ लाख जनसख्या लाभान्वित हुने अर्थमन्त्रीले बताए।

- Advertisement -
Ad image

त्यसैगरी सरकारले परमाणविक र अन्तरिक्ष अध्ययन केन्द्र खोल्ने भएको छ।

संघीय संसदमा बुधबार आगामी वर्षको आयव्यवको विवरण (बजेट) पेस गर्दै अर्थमन्त्री युवराज खतिवडाले रेडियोधर्मी किरणको प्रयोग र अन्तरिक्षको अध्ययन गर्न केन्द्र खोल्ने जानकारी दिए।

यसअघि सरकारले संघीय संसदमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग गर्नसम्बन्धी बनेको विधेयक दर्ता गराएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *