रंगेली प्रहरीद्वारा चाेर पक्राउ गर्ने सफल

पढ्न समय: 2 मिनेट



रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा चैत्र २४ गते अाईतबार राति राेशन माेवाईल रिपेरिङ एन्ड माेवाइल सेन्टरमा चाेरी भएको थियोे । प्रहरीले ब्याक रुपमा चाेरकाे खाेजि कार्य गरे पछि एक महिना पछि सफलता हात पारेको छ । कमलेश कुमार साह काे पसल बाट चाेर हरुले ४ लाख बराबरको समान चाेरी भएको थियोे ।
प्रहरी टोली ले घटनाको प्रारम्भिक अनुसन्धान कार्य शुरु गरेे पछि चाेर हरु लाई पक्राउ गर्ने सफल भएको छ । प्रहरीले मोवाईलहरुको IMEI नम्बर हरुको आधारमा खोज तलाश गर्ने क्रममा उक्त मोवाइल सहित चाेर पक्राउ गर्ने सफल भएको प्रहरीले जनाएको छ । चाेरीमा सङ्गलन रहेका सुनवर्षी नगरपालिका वडा नम्वर ५वस्ने वर्ष १९ का रोशन कुमार मण्डल र साेहि स्थान वस्ने वर्ष १९ का करण कुमार मण्डल काे साथ बाट प्रहरी ले
लाभा कम्पनीको मोवाईल (स्कृन टच) माेवाईल ५ थान , सामसुङ(स्कृन टच) माेवाईल ३ थान ,एम आई (स्कृन टच) २ थान , इन्टेक्स (स्कृन टच) १ थान, टेक्नो (स्कृन टच)१ थान , नोकिया साधा सेट १ थान , र विभिन्न कम्पनिका साधारण हाते घडीहरु १० थान , मोवाईल चार्जर ७ थान , विभिन्न कम्पनीको मोबाईल काे व्याट्टीहरु १० थान , १० बटा मोवाईल यरफोन , बरामद गरेको छ । उनी हरुलाई चाेरी अभियाेगमा मुद्दा दर्ता गरिने र एक बर्ष देेेेखी तीन बर्ष सम्म कैद तथा ३० हजार देेखि५० हजार रुुपैयाँ सम्म सजाय हुने ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *