गजल

पढ्न समय: 0 मिनेट

-आचार्य प्रभा

कम्जोर अवस्था सम्झेर हैरानी भईन
अभावको दिनमा पनि बैमानी भईन |

शिकायत नभएको हैन यो हालतको
तर पनि शरमले पानी पानी भईन |

लोभिएर यो बैंशमा आए थे कति कति
सस्तैमा पाईने चंचल जवानी भईन |

भौंतारिदों छन् ती युवाहरु मारेर मन
देश छुटाउने माध्यम् राहदानी भईन |

हाँस्दछन् मान्छेहरु छोपेर मनको पीडा
बाँचुन्जेल मुटु ती दुख्ने कहानी भईन |

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *