खजुरगाछी माबि मा चोरी, शँकास्पद ३ पक्राउ

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज, ११ असोज । गए राति झापाको गौरीगञ्ज ६ स्थित खजुरगाछी माध्यमिक बिद्यालयमा चोरी भएको छ । बिद्यालयमा कार्यालय ताल्चा फोडि चोरले एउटा डेल कम्पनीको ल्यापटप, चार्जर लगायतको सामानका साथै बिद्यालयको क्यान्टिन बाट करिब १० हजारको सामान चोरेर लगेको कुरा प्रअ गजेन्द्र बिक्रम साहले जानकारी दिएका छन् ।
चारीको खबर पाए लगतै ईलाका प्रहरी कार्यालय गौरीगञ्जले अनुसन्धानका लागि शँकास्पद ३ जना लाई पक्राउ गरेको कुरा प्रहरी निरिक्षक गणेश भट्टराइले बताए ।
गत बैशाखमा गौरीगञ्ज माध्यमिक बिद्यालयमा समेत चोरी भएको थियो । गौरीगञ्जको सुरक्षालाई मध्यनजर गर्दै गाउँपालिका ले चोक चोकमा सिसि क्यामेरा राखेपनि ति अधिकाँश क्यामेराहरु महिनौ देखि बिग्रिएका छन् भने मर्मतका लागिकतैबाट पहल भएको छैन ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *