• सरु सुबेदी

अत्त्यास् लाग्दो परिस्थितिमा
फूल जस्तै मग्म्गाउने तिमी
सुरक्षित रहनु है मेरी दिदी

मैले रुन छोडेर टोलाइ रहेका बेला
झस्काउन फोनको घण्टी बनेर आइपुग्ने तिमी
सुरक्षित रहनु है मेरी दिदी

आमाले जस्तै माया गर्छेउ दिदी तिमि
आमा पछिको माया बनेर उभिएकी तिमी
आमाको दोस्रो रुप तिमी
सुरक्षित रहनु है मेरी दिदी

टाढा छेउ
तर पनि आत्मामा छौ
तिम्रा हरेक शब्द मेरा शब्द जस्ता लाग्छन् मलाई
तिमी हुनु नै म हुनुको पर्याय सम्झिन्छु दिदी तिमीमा

दुई दिन नबोल्दा अत्यास् मलाई जस्तै
तिमिलाई पनि लाग्छ दिदी
र त एक्कैछिन भएपनी मनलाई शान्त दिन कुरा गर्छौ हामी
तिमी मेरालागि भए पनि सुरक्षित रहनु है मेरी दिदी

अमेरिकाको हजारौं चाहाना र पहलहरु असफल भए मेरा
कहिले कसैको साजिस् मा त
कहिले आफ्नै कमजोरीमा
गेटैबाट अस्विकार गरेको अमेरिकाले मलाई
अमेरिकाको सपना देख्न छोडिसकेंको धेरै भो मैले
भो दिदी तिमी यतै फर्केर आउ
किस्ता किस्तामा ऋण तिरौला
दुखसुख जिन्दगी बाचौला
सानै घर भए पुग्छ हामिलाई
दिदिबहिनी हासिखुसी बाचौंला
गिलिमाम खाएर जिन्दगी रमाउला
भो दिदी फर्किएर आउ दिदीबहिनी यतै बसौंला

न लेख्न कलम चलेका छन्
न हात अघि सर्छन् केही कोर्न
न फुर्छ कविता र कथा कहानी
सुन्छु समाचार मात्रै लाग्छ कहाली
त्यसैले
दिदी मैले समाचार सुन्न छोडिसकें
फर्केर आउ दिदी तिमी
तिम्रा सुरक्षाको खातिर मैले अखण्ड दियो बालेकी छु
तिम्रो सुस्वस्थ्यका लागी मनकामना माताको भाकल
गरेकी छु
पहिला तिमी सुरक्षित रहनु दिदी
फेरि छिट्टै फर्केर आउँ

दिदी मैले आमा गुमाएँ,
सबथोक गुमाएँ
दिदी मेरै खातिर पनि तिमी सुरक्षित रहनु है !!
दिदी तिमी सपरिवार सहित सुरक्षित रहनु है! !